भारत–बंगलादेश सीमामा झडप, एक भारतीय सैनिकको मृत्यु

एजेन्सी– भारत र बंगलादेशको सीमामा बिहिबार साँझ भएको झडपमा भारतीय सीमा सुरक्षा बलका एक जवानको मृत्यु भएको छ । 

भारतको सीमा सुरक्षा बलले जारी गरेको एक विज्ञप्ति अनुसार बोर्डर गार्डस् बंगलादेशसँग यो गोलीबारी भएको हो । मृत्यु भएका भारतीय सेनाको नाम विजय भान सिंह भएको भारतीय सुरक्षा बलले जनाएको छ । 

उता, बोर्डर गाड्र्स बंगलादेशका कमान्डिङ अफिसरले बिबिसीसँग भारतीय सेना आफ्नो सीमामा घुसेकाले फायरिङ गरिएको र उनीहरुले जवाफमा गोली चलाएको जनाएका छन् । 

दुवै पक्षको फ्ल्याग मिटिङको समयमा यो झडप भएको बताइएको छ । बंगलादेश तर्फ भने कसैको पनि हताहत नभएको बताइएको छ ।

यता, भारतीय सीमा सुरक्षा बलले केही बंगलादेशी माझीलाई पक्रन अनुरोध गर्दा बंगलादेशी सेनाले दिएको जवाफका कारण यस्तो अवस्था आएको बताएको छ ।

यो साँझ पाँच बजेको घटना भएको र बंगलादेशी केही माझीहरु आफ्नो नियन्त्रणमा हुँदा बंगलादेशी सेनाले आफूहरुलाई घेरेर फायरिङ सुरु गरेको भारतीय सेनाले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ३०, २०७६ बिहीबार २२:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया