एजेन्सी– अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति कार्यालयमा उठ्याएको चोर औंलाको एउटा तस्वीरले अहिले अमेरिकी सरकारमा कति ठूलो मतभेद छ भन्ने प्रष्ट पार्छ ।
तस्वीरमा पेलोसी बैठकको बीचमा उठेर चोर औंला ठड्याएको देखिन्छ । एउटा ठूलो टेबलमा भएको यो बैठकमा पेलोसीको वरपर अन्य नेता र त्यहाँ उच्च सैनिक अधिकारीहरु छन् । ट्रम्प ठ्याक्कै पेलोसीको अगाडि छन् ।
यो तस्वीर पछि स्वयं डोनाल्ड ट्रम्पले आफ्नो ट्विटरमा राखेका हुन् । उनले त्यसको क्याप्सनमा लेखेका छन्– नर्भस पेलोसीको पागल स्खलन !
तर, पेलोसीले खासमा यस्तो स्खलन ट्रम्पको भएको बताएकी छिन् । अनि उनले यही फोटो आफ्नो ट्विटर र फेसबुक दुवैमा कभर फोटो बनाएर राखेकी छिन् ।
ट्रम्पले गरेको यो ट्विट चाहिँ २४ हजारभन्दा धेरैले सेयर गरेका छन् । यसले अमेरिकी दुई नेताको अवस्थालाई संकेत गर्ने धेरैले कमेन्ट पनि गरेका छन् । यसलाई लैङ्गिक रुपमा पनि चित्रण गर्न खोजिएको छ । तर, यसको खास तात्पर्य चाहिँ अहिले अमेरिकामा के भइरहेको छ भन्ने नै हुन आउँछ ।
यो बुधबारको बैठकको फोटो हो । यो उत्तरी सिरियामा भइरहेको घटनाबारे छलफल गर्न डाकिएको बैठक थियो ।
पछि अर्को फोटो पनि ट्विटरमा राख्दै ट्रम्पले लेखेका छन्, ‘आज पेलोसीले ह्वाइटहाउसमा आफ्नो पागलपन देखाइन् । यो हेर्दा निकै दुःख लाग्छ । उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहोस्, उनी बिरामी छिन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।