एनआरएनएको मतगणनास्थलमा प्रहरीको लाठीचार्ज !

काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि हायात होटलमा मतदान प्रक्रिया सकिएको छ । मतदान प्रक्रिया सकिएपछि पनि त्यहाँ विवाद भने रोकिएको छैन । 

मतगणना सुरु हुँदा दुई पक्षबीच चर्को विवाद भएपछि प्रहरीले त्यसलाई हस्तक्षेप गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार मतगणनामा अध्यक्षका प्रत्यासी कुल आचार्यलाई मतगणनास्थल जान रोक्न खोजेपछि विवाद बढेको हो । 

नाराबाजी र प्रदर्शन चर्कने देखेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दा केही एनआरएनएका प्रतिनिधिहरु घाइतेसमेत भएको ती प्रत्यक्षदर्शीले बताएका छन् ।

एनआरएनएको नयाँ नेतृत्वमा कुल आचार्य वा कुमार पन्त कसले जित्नेछन् भन्ने चाहिँ शुक्रबार साँझसम्म थाहा हुने अपेक्षा गरिएको छ । पहिले बुधबार गर्ने भनिएको मतदान विद्युतीय मतदानमा नगएपछि बिहिबार विहानबाट मतपत्रका आधारमा सुरु भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार ०:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया