अमिताभ बच्चन गम्भीर बिरामी, तीन दिनदेखि अस्पताल भर्ना

एजेन्सी– बलिउडका मेगास्टार अमिताभ बच्चन तीन दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । उनी गम्भीर बिरामी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । लामो समयदेखि उनको कलेजोमा समस्या भएको र त्यो थप जटिल भएपछि अमिताभ अस्पताल भर्ना भएका हुन् । यसअघि नै उनको कलेजोले २५ प्रतिशत मात्र काम गरिरहेको समाचारहरु आएका थिए । 

उनलाई समस्या भएपछि मंगलबार दिउँसो अस्पताल लगिएको जनाइएको छ । उनलाई परिवारका सदस्यहरुले लगातार भेट्न गएको र उनको अवस्थाबारे अस्पतालले केही पनि सार्वजनिक नगरेको भारतीय मिडियामा समाचार छ । 

सन् १९८२ मा फिल्म कुलीको सुटिङमा उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उनको कलेजोमा समस्या देखिन थालेको थियो । सन् २०१२ मा शल्यक्रिया गरेर उनको ७५ प्रतिशत कलेजो फालिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार ९:७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया