नौ महिने बिरालो बलात्कृत !

एजेन्सी– यो खबर अलिक पत्याउन नसकिने खालको छ । यो खासमा इंग्ल्यान्डको घटना हो । त्यहाँको वाकिङ नामको एक सहरमा जुनमा यो घटना भएको रहेछ । त्यहाँको बाटोमा एक बिरालो भेटिएको थियो । तर, बिरालोको अवस्था अलिक कमजोर रहेछ । बिरालोलाई अस्पताल पुर्याइएछ । 

त्यसपछि बल्ल थाहा भएछ कि यो बिरालोमाथि बलात्कार गरिएको रहेछ । 

यो बिरालो नौ महिनाको मात्र रहेछ । मानिसहरुले यो समाचार थाहा पाएपछि यसलाई सामाजिक सन्जालमा सेयर गरेका छन् । यो बिरालोमाथि कसले बलात्कार गरेको हो भन्ने त अहिलेसम्म खुलेको छैन तर बेलायतमा यस्तो अपराध गर्नेेहरुलाई निकै ठूलो सजाय तोकिएको छ ।

द सनका अनुसार यो बिरालोलाई बलात्कार गरेपछि तातो पानी हालेर जलाउने प्रयास पनि गरिएको थियो । 

अहिले यो बिरालोको अवस्था अलिक सुधार भएको यसलाई नाम पनि मिनी दिइएको छ । यसलाई ममफोर्ड जनावर केन्द्रले एडप्ट पनि गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार ९:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया