नेपाल टेलिकमकाे आकर्षक अफर

काठमाडाै‌ं– नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा शुक्रबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।  

यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटिटिएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिनेछ ।

डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिनेछ । एफटिटिएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबिपिएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको एक हजार २ सयको प्याकलाई एक हजार, तीन हजार ४ सयको प्याकलाई तीन हजार, ६ हजार ४ सय को प्याकलाई पाँच हजार, पाँच सय र १२ हजार ३ सय को प्याकलाई अब १० हजार ५ सय मात्र पर्ने भएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १०:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया