जापानका सम्राटको गद्धी आरोहण समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी म्यानबारबाटै जापान जाने

काठमाडौं– म्यानमार भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आइतबार तीनदिने भ्रमणमा जापान जाने भएकी छन् । उनी आउँदो मंगलबार हुने जापानका सम्राट नारुहितोको गद्धी आरोहण समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति भण्डारी जापान भ्रमणका क्रममा सम्राट नारुहितोले आयोजना गर्ने कोर्ट ब्यांक्वेटमा पनि सहभागी हुनेछिन् । परराष्ट्र मन्त्रालयका अनुसार जापान भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री शिन्जो अबेसँग पनि भेटवार्ता गर्नेछिन् । 

जापानका लागि नेपालका राजदूत प्रतिभा राणा र गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि भाग लिई राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश फर्किने कार्यक्रम छ । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १३:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया