प्रिमियर लिगमा संघर्षरत ठूला क्लब

एजेन्सी– विश्वमै फुटबल पारखीहरुले सबैभन्दा बढी ध्यान दिने लिग हो, प्रिमियर लिग । प्रिमियर लिग किन पनि चाखलाग्दो हुन्छ भने नयाँ वा साना भनिएका क्लबहरुले अधिकांश समय ठूला भनिएका क्लबहरुलाई च्यालेन्ज दिइरहेका हुन्छन् ।

अहिले यो सिजनमा पनि त्यस्तै देखिएको छ । यसअघि उत्कृष्ट मानिएका केही क्लबहरु साना भनिएका क्लबहरुसँग निकै प्रतिस्पर्धात्मक खेलमा लागिरहेका छन् । प्रिमियर लिगमा यसअघि राम्रो प्रदर्शन गरेका क्लबहरु म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी तथा टोटनह्याम अहिले आफ्नो लयमा फर्किन संघर्ष गरिरहेका छन् । इभर्टन, नर्विच सिटी, वाटफोर्ड आफ्नो रेलिगेसन बचाउन । म्यानचेस्ट सिटीलाई भने आफ्नो उपाधि रक्षा गर्ने दाउमा अर्को संघर्ष गरिरहनु परेको छ । 

प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले खासै लय त गुमाएको छैन तर पनि लिगको आठ खेल सकिँदासम्म सिटी शीर्ष स्थानमा पुग्न सकेको छैन । ऊ लिभरपुल भन्दा आठ अंकले पछाडि छ । सिटीले आठ खेलबाट १६ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । उसले आठ खेलमा २७ गोल गरेको छ भने ९ गोल खाएको छ । अब सिटिलाई लिगको पहिलो स्थामा आउन निकै संघर्ष गर्नु पर्ने देखिन्छ । सिटीले अब भोलि (शनिबार) क्रिस्टल प्यालेससँग खेल्दैछ । 

अर्को दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको सदाबहार क्लब हो तर यो सिजन युनाइटेड खराब लयबाट गुज्रिरहेको छ । युनाइटेडले यो सिजनमा आठ खेलबाट मात्र ९ अंक जोड्न सकेको छ । युनाइटेड अंक तालिकाको १२ औं स्थानमा छ । म्यानचेस्टर युनाइटेडले यो सिजन खासै गोल गर्न सकेको छैन । उसले आठ खेलमा मात्र ९ गोल गरेको छ भने आठ गोल खाएको छ । युनाइटेडमा खेलाडीहरु माझ तालमेल नमिलेको जस्तो देखिन्छ । युनाइटेडले न पासलाई राम्रो बनाउन सकेको छ, न फिनिसिङ नै प्रशंसा गर्न योग्य छ । खराब लयबाट गुज्रिरहेको युनाइटेडलाई आइतबार लिभरपुलसँग हुने खेल अग्निपरिक्षा जस्तै हुनेछ । युनाइटेडले यो खेल हारेमा उसको पुनरागमन असम्भवजस्तै हुनेछ । 

आर्सनल वर्तमान समयमा लिगको तेस्रो स्थानमा छ । तर पनि उसलाई गोल गर्न कठिन भइरहेको छ । आर्सनलले आठ खेलमा १३ गोल गरेको छ, ११ गोल खाएको छ । आर्सनलले यो सिजन आठ खेलबाट १५ अंक जोडेको छ । अर्सनलको फिनिसिङ्ग राम्रो हुन सकेको छैन । आर्सनलले सोमबार सिफिल्ड युनाइटेको सामना गर्ने छ । 

टोटनहमले गत सजिन तेस्रो स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो । तर, यो सिजनको आठ खेल सकिदाँसम्म टोटनहमले गत सिजनको लयलाई समात्न सकिरहेको छैन । टोटनहम आठ खेलबाट ११ अंक जोड्दै लिगको ९ औँ स्थानमा रहेको छ । उसले आठ खेलमा १४ गोल गरेर १२ गोल खाएको छ । 



टोटनहमको मुख्य समस्या भनेको खेलाडी बिच तालमेल नहुनु हो । टोटनहमका खेलाडीहरुले पहिलेको जस्तो पासिङ्ग खेल्न सकिरहेका छैनन् ।  टोटनहमले भोलि वाटफोर्टको सामना गर्ने छ । 

चेल्सीका प्रशिक्षक फ्रयान्क लाम्पार्डले यो सिजन युवाहरुलाई  मौका दिएका छन् । तर, यसले पनि राम्रो नतिजा ल्याउन सकेको छैन । यो सिजनमा चेल्सीले आठ खेल खेल्दै १४ अंक जोड्न सकेको छ । अंक तालिकाको पाँचौ स्थानमा रहेको चेल्सीले आठ खेलमा १८ गोल गरेको छ, १४ गोल खाएको छ । चेल्सीको मुख्य समस्या भने गोलरक्षक लयमा नरहनु हो । चेल्सीका युवा गोलरक्षक कपा अरिज्वालागा खासै लयमा देखिएका छैनन् । चेल्सीले लिगको आफ्नो ९ औँ खेल भोलि न्युक्यासल युनाइटेडसँग खेल्दैछ । 



इभर्टन पनि प्रिमियर लिगको रामै्र क्लबहरु मध्ये हो । तर, यो सिजनमा उसले पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । लिग तालिकामा अठारौँ नम्बरमा रहेको इभर्टनले ६ गोल गरेको छ भने १३ गोल खाएको छ । 

म्यानचेस्टर सिटीलाई हराएर चर्चामा आएको नर्विचले त्यसयता राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । नर्विच आठ खेलबाट छ अंक जोड्दै लिगको १९ औँ स्थानमा रहेको छ । उसले आठ खेलमा १० गोल गरेर २१ गोल खाएको छ । नर्विच हरेक क्षेत्रमा कमजोर देखिएको छ । नर्विच पनि आप्mनो  रेलिगेसन बचाउन संघर्ष गरीरहेको छ । नर्विचले भोलि बर्नमाउथको सामना गर्ने छ । 

लिगको सबै भन्दा पुछारमा रहेको वाटफोर्टले आठ खेल खेल्दा जम्मा तीन अंक जोडेको छ । आठ खेलमा चार गोल गरेको यो टिमले २० गोल खाएको छ । वाटफोर्टले आफूलाई रेलिगेसनबाट बचाउन निकै संघर्ष गर्नु पर्ने देखिएको छ ।

एजेन्सीकाे सहयाेगमा याेगेश भट्टराई

  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १८:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया