नेकपालाई ग्यास्ट्रिक छः प्रचण्ड
फाइल तस्वीर

धनगढी– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान र पद्धति नमान्दा पार्टीमा अनुशासनहिनता र बुर्जुवा अराजकता बढेको बताएका छन् । सँगसँगै उनले पार्टीलाई ग्यास्ट्रिक भएको र यो बिग्रने सम्भावना रहेको पनि बताएका छन् । 

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘हामी उपचार भए निको हुने ग्यास्ट्रिकको अवस्थामा छौँ,’ प्रचण्डले भने, ‘तर, बिग्रिसकेको छैन । समयमा उपचा रभएन भने चाहिँ क्यान्सर हुन्छ । क्यान्सर भए पार्टी खत्तम हुन्छ ।’

कार्यक्रममा प्रचण्डले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र त्यो भ्रमणमा पार्टी संचालनका विषयमा भएको छलफलबारे पनि सुनाएका थिए । 

उनले पार्टीमा गुटउपगुट मौलाएको र यसले कम्युनिस्ट पार्टीलाई सकाउने पनि विचार राखे । उनले अहिले नेकपा चुकिरहेको र यसलाई सुधार गर्नु पर्ने धारणा पनि राखे । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १९:४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया