Thu, 14 Nov, 2019


माटाेकाे ढिस्काेले पुरिएर मृत्यु
फरकधार / कात्तिक १, २०७६

पाल्पा– माटोको ढिस्कोले पुरिएर शुक्रबार एक जनाकाे मृत्यु भएकाे छ । बगनाशकाली गाउँपालिका १ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमालकाे माटाेकाे ढिस्काेले पुरिएर मृत्यु भएकाे हाे  ।



तानसेन नगरपालिका ४ विशालबजारका रोहितकुमार रामदामको निर्माणाधिन घरको जगमा गारो लगाउने क्रममा उनी पुरिएका थिए । कुमाललाई नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए । 

तर उनकाे घटनास्थलमा नै मृत्यु भइसकेकाे थियाे ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्