अर्काको घरमा जबरजस्ती घुसेका दिल्लीका सभामुखलाई ६ महिनाको जेल

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीको एक अदालतले दिल्ली विधानसभाका सभामुख राम निवास गोयललाई एक निर्माताको घरमा जबरजस्ती घुसेको मुद्दामा ६ महिना जेल सजाय सुनाएको छ । अदालतले गत शुक्रबार यो घटनामा गोयललाई दोषी ठहर गरेको थियो । 

यो खासमा ६ फ्रेबुअरी २०१५ को रातको घटना हो ।

दिल्लीको विधानसभा निर्वाचनभन्दा पहिले ६ फ्रेबुअरी २०१५ मा स्थानीय बिल्डर मनीष घईको बिहारको घरमा गोयल आफ्ना समर्थकसहित जबरजस्ती घुसेका थिए । मनीषले आफ्नो घरमा तोडफोड गरिएको आरोप लगाएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १, २०७६ शुक्रबार १९:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया