एजेन्सी– भारतमा सुपरस्टार रजनीकान्तलाई भेट्न खोज्ने मान्छेहरु कति होलान् ? यसको अनुमान नै लगाउन सकिँदैन । तर, अचानक उनी कुनै होटलमा पुगे भने के होला ? त्यहाँको माहोल नै फेरिन्छ ।
अहिले नैनीताल घुम्न पुगेका रजनीकान्तमाथि यस्तै भएको छ । उनको नाममा होटल बुक गरिएको थिएन । तर, उनी अचानक होटलमा पुगे । त्यसपछि त त्यहाँ ठूलो महोत्सव नै भयो ।
होटलका सबैजना एकै ठाउँमा भेट भएर रजनीकान्तको स्वगात गरे । मनु महारानी होटलका जिएमदेखि त्यहाँ काम गर्ने सबै कर्मचारीले रजनीकान्तसँग फोटो पनि खिचाए ।
रजनीकान्तसँगै त्यहाँ उनकी छोरी ऐश्वर्या र म्यानेजर सन्जय पनि गएका थिए । अनि रजनीकान्तले त्यहाँ विशेष छलफलमा आफूलाई पहाडहरु मन परेको पनि बताए ।
अब त्यो होटलले रजनीकान्त आफ्नो होटलमा आएको प्रचार गर्ने बताएको छ । यो उनीहरुका लागि विशेष दिन सावित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।