खाना डेलिभर गर्ने एक युवती

एजेन्सी– पछिल्लो समय नेपालमा पनि खाना अनलाइन अर्डर गर्ने चलन निकै बढेको छ । हामीले विभिन्न ठाउँबाट अर्डर गरेको खाना पुर्याउन चाहिँ पुरुष वा युवाहरु नै आउँछन् । 

तर, भारतको हैदरावादमा एक युवतीले खाना डेलिभरी गरेर समाजमा नाम त कमाएकी नै छिन्, भारतीय मिडियाको आँखामा पनि पर्न सफल भएकी छिन् । उनी आफ्नो स्कुटीमा एउटा खाना डेलिभरी गर्ने प्लेटफर्मको एजेन्टका रुपमा काम गर्छिन् । 

जननी रावले अनलाइनमा आएका अर्डरलाई डेलिभर गर्न थालेको धेरै त भएको छैन । तर, उनले आफ्नो समाजका अन्य महिलालाई पनि यो काममा आउन प्रेरित गरिरहेकी छिन् । 

‘यो काम मलाई निकै मन परेको छ,’ रावले भारतीय मिडियासँग भनेकी छिन्, ‘यो अलग अनुभव हो, कुनै पनि काम सानो र ठूलो हुँदैन । मैले यसलाई इन्जोय गरिरहेकी छु ।’ 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार ११:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया