जसलाई पहिले दुब्ली भनेर जिस्काउँथे, अहिले मसल बार्बी भन्छन्

एजेन्सी— केही पहिलेसम्म अत्यन्त पातलो भएकाले दुब्ली भनेर सबैले जिस्काउने यियोन वुलाई आजभोलि मानिसहरु मसल बार्बी भनेर चिन्छन् । किनकि उनले अहिले आफ्नो शरीरलाई निकै आकर्षक बनाएकी छिन्, जिम गरेर । त्यति मात्र होइन, यियोनले त विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्नि जितिसकेकी छिन् । अहिले त उनी इन्टरनेटमा सेलेब्रिटी पनि भएकी छिन्, उनको इन्स्टाग्राममा मात्रै एक लाख ४० हजारभन्दा धेरै फलोअर्स पुगिसकेका छन् ।

३४ वर्षीया यियोनलाई पहिले प्यानिक डिसअर्डर भएको थियो र मानिसहरु उनको नजिक पनि जान चाहँदैनथे । उनले २० वर्षको उमेरमा जिम जान सुरु गरिन् । उनको त्यति बेला लक्ष्य थियो– कमजोरी तथा डरलाई टाढा गर्नु । उनी जसरी पनि बडी बिल्डर बन्न चाहन्थिन् । 

यियोनले सन् २०१० मा पहिलो पटक प्रतियोगितामा भाग पनि लिइन् । १२ वर्ष पहिले फिट हुनका लागि मात्र तौल उठाएकी यियोनले त्यसपछि निकै धेरै प्रतियोगितामा भाग लिएकी छिन् र ती प्रतियोगिताहरु जितेकी पनि छिन् । उनी  शारीरिक कमजोरीका कारण कोही पनि निरास हुन नहुने बताउँछिन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १२:५७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया