तिहारमा १० बजेपछि देउसी भैलो खेल्न नपाइने, रक्सी प्रतिबन्ध

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले तिहारमा १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

एक सूचना जारी गर्दै सुरक्षालाई प्रतिकूल असर पर्ने अरु काम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

त्यस्तै, लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले तिहारमा रक्सी बिक्री वितरणमा पनि पूर्ण प्रतिबन्ध लगाएको जनाएका छन् । उनले दिउँसो खेलिने देउसी भैलोले पनि सडक अवरुद्ध गर्न नपाइने बताएका छन् । जिल्लामा पटका पनि पड्काउन नपाउने सूचना प्रशासन कार्यालयले जारी गरेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १५:४६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया