एक महिला जो ढाइ किलो कपडा लगाएर विमानस्थल पुगिन्

एजेन्सी– हवाइ यात्राका लागि विमानको महंगो टिकट लिएर पनि आफूले लैजाने ब्यागेजको तौल कति हुने भन्ने निर्धारण गरिएपछि सबैलाई अचम्म लाग्न सक्छ । धेरैले यसका कारण आफ्नो ब्यागेज गह्रौँ बनाउन चाहँदैनन् । 

तर, एक महिलाले भने नयाँ उपाय अपनाएकी छिन् । ती महिला हुन्, रोड्रिगेज । उनले ब्यागेजको तौल धेरै नहोस् भनेर साढे दुई किलो जति कपडा लगाएर विमानस्थल पुगेकी हुन् । 

फिलिपिन्सकी यी महिलालाई पहिले उनको लगेजको तौल लिएपछि फाइन लाग्ने बताइएको थियो । तर, उनले त्यहाँ नै लगेजबाट आफ्ना कपडा निकालिन् र लगाउन थालिन् । 

रोड्रिगेज आफैंले यो कुराको जानकारी दिएकी हुन् । उनले आफ्नो फेसबुकमा यो पोस्ट सेयर गरेकी छिन् । यसलाई त २० हजारभन्दा धेरैले सेयर गरेका छन् । ३३ हजारले लाइक गरेको यो पोस्टमा एक हजारभन्दा धेरैले कमेन्ट गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १७:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया