सी जिनपिङको भ्रमणको सफलतापछि नेपाललाई खतरा पनि बढेको छ : माधव नेपाल
एनआरएनले दोहोरो नागरिकता र राजनीतिक अधिकार माग्नु चिची पनि पापा पनि भनेजस्तो

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सफलतासँगै नेपाललाई खतरा पनि बढेको बताएका छन् । 

सञ्चार केन्द्र नेपालको आयोजनामा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले सीको भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको र यसले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका हुन् । 

नेपालले पञ्चशीलको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँको सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘धेरै माया गर्यो भने खतरै हुन्छ, किनभने सबका आ–आफ्ना हित हुन्छन् । हरेक ठूला राष्ट्रका आफ्ना स्वार्थ हुन सक्छन् ।’
 
नेता नेपालले गैह्रआवासीय नेपाली संघले माग गरेको दोहोरो नागरिकता र राजनीतिक अधिकारलाई ‘चिची पनि पापा पनि’को संज्ञा दिए । यस्तो सुविधा असम्भव रहेको बताउँदै उनले भने, दुईवटा नाउमा खुट्टा राख्ने मान्छे सागर तर्न सक्दैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।’





  • प्रकाशित मिति : कात्तिक २, २०७६ शनिबार १७:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया