तातो चियाले ९० प्रतिशत बढाउँछ क्यान्सर हुने सम्भावना

एजेन्सी– चियाका पारखीहरुलाई यो समाचार नराम्रो लाग्न सक्छ, कतिले त यसलाई पत्याउन पनि गाह्रो मान्लान् । तर, पछिल्लो समय गरिएको एक अध्ययनले अध्ययनले चियाका पारखीहरु सचेत हुनु पर्ने एउटा निष्कर्ष निकालेको छ । त्यो हो– जो तातो चिया पिउँछन्, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशतले बढी हुन्छ । झन् जो मानिसहरु ७५ डिग्री सेल्सियस तापक्रमको चिया पिउँछन्, उनीहरुमा यस्तो सम्भावना दुई गुणा बढी हुन्छ ।

अमेरिकाको क्यान्सर सोसाइटीले गरेको अनुसन्धानअनुसार कपमा चिया राखेको चार मिनेटपछि मात्र पिउने हो भने पनि खाद्यनलीको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । यो अध्ययनका लागि ५० हजार मानिसहरु सामेल गरिएको थियो । उनीहरुको उमेर ४० देखि ७५ वर्षसम्मको थियो । यसमा के पाइयो भने जो दैनिक तातो चिया पिउँथे, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशत बढी भेटिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार ६:५६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया