एजेन्सी– यो भारतको टिकमगढ जिल्लाको प्रधानपुरको समाचार हो । शुक्रबार साँझ एक बच्चा २० फिट माथिबाट खसेका थिए । उनी रेलिङबाट फुत्किएर तल खसेका थिए ।
उनी जहाँबाट खसेका थिए, त्यहाँबाट खस्दा उनी बाँच्लान् भन्ने कसैले पनि अनुमान गरेको थिएन । तर, बाटोमा गुडिरहेको एउटा रिक्सामा उनी परे । रिक्साको पनि कभर सिटमा परेकाले बच्चालाई चोट पनि लागेन ।
त्यसैले बच्चाका बाआमाले ती रिक्सावालालाई आफ्नो भगवान सरह मानेका छन् । ती बच्चाका बाबु आशीषले भारतीय मिडियासँग रिक्सा चालकलाई धन्यवाद दिँदै यो ठूलो संयोगका कारण आफ्नो बच्चा बचेको खुसी व्यक्त गरेका छन् ।
उनले यसलाई चमात्कार मानेका छन् ।
यो घटना हुँदा ती बच्चाका बाबु दोकानमै थिए । पछि उनीहरुले सिसिटिभी भफुटेज हेरेका थिए । उनीहरुले ती रिक्सावालालाई नयाँ रिक्सा पनि किनिदिने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।