दिल्लीमा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा प्रहरी हाइ अलर्टमा

एजेन्सी– आतंककारी संगठन जैश ए मोहम्मदले दिल्लीका ४ सयभन्दा बढी भवन तथा भीड हुने ठाउँमा आतंकवादी आक्रमण गर्न सक्ने भएको सूचना दिल्ली प्रहरीले पाएको छ । त्यसैले भारतको राजधानी दिल्लीमा उच्च सतर्कर्ता अपनाइएको छ । 

भारतीय मिडिया दैनिकभास्करडटकममा प्रकाशित समाचार अनुसार दिल्ली प्रहरीले विभिन्न ठाउँमा विशेष निगरानी बढाएका छन् । 

दिल्ली प्रहरीका एक अधिकारीले नाम नखुलाउने सतैमा दिल्लीका १५ क्षेत्रमध्ये ८ क्षेत्रलाई संवेदनशील बताउँदै प्रहरीले ती ठाउँमा सतर्कता बढाएको बताएका छन् । रोहिणी, दिल्ली उत्तर पूर्व, उत्तरपश्चिम, उत्तर, नयाँ दिल्ली, द्वारका, पूर्व तथा मध्यक्षेत्रमा ४ सयभन्दा धेरै भवन तथा बजारमा दिल्ली प्रहरीले सुरक्षा बढाएको हो । यी ठाउँहरु आतंककारीको निशानामा रहेको प्रहरीलाई सूचना मिलेको थियो । 

दैनिक भास्करले सूत्रहरुको हवाला दिँदै ती क्षेत्रमा आक्रमण गर्ने जैश ए मोहम्मदको तयारी छ । प्रहरीले जैशले ती क्षेत्रमा अन्धाधुन्ध फायरिङ पनि गर्न सक्ने बताएको छ । 

यो खुलासा चाहिँ ३ मे २०१६ मा गिरफ्तार गरिएका जैशका तीन सदस्यले गरेका हुन् । उनीहरुलाई प्रहरीले दिल्लीबाट नै पक्राउ गरेको थियो ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १०:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया