जम्मुकश्मिर सीमामा भारत–पाक सैनिक भीडन्त, दुईको मृत्यु

एजेन्सी– पाकिस्तानले आइतबार बिहानै संघर्ष विरामको उल्लंघन गर्दै जम्मु कश्मिर क्षेत्रमा भारतीय सेनामाथि गोली चलाएको भारतीय सेनाले जनाएको छ । त्यसपछि जवाफी फायरिङमा उत्रिएको भारतीय सेनाका एक जवानको मृत्यु भएको छ । तीन अन्य घाइते भएका छन् । भारतीय मिडियाका अनुसार अन्य एक सर्वसाधरणको पनि यो भीडन्तमा मृत्यु भएको छ ।

भारत र पाकिस्तानबीच यो क्षेत्रमा गोली नचलाउने बारम्बार सम्झौता भएका छन् । तर, भारतले यो वर्षमात्र पाकिस्तानले २०५० भन्दा धेरै पटक यो सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारका अनुसार पछिल्ला घटनामा २१ नागरिकको मृत्यु भएको छ । 

सन् २००३ मा नै यी दुई देशबीच उक्त क्षेत्रमा गोलीबारी नगर्ने सम्झौता भएको थियो । 

भारतले पछिल्लो समय श्रीनगरको छेउछाउ कयौँ आतंककारी लुकेर बसेको पनि आरोप लगाएको छ ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार ११:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया