आमाको हत्यापछि दिल्लीका प्रोफेसरले गरे आत्महत्या

एजेन्सी– दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफेन्स कलेजका लेक्चररले आमाको हत्या गरेपछि आत्महत्या गरेका छन् । २५ वर्षका एलेन स्टेनले शनिबार आत्महत्या गरेका हुन् । शनिबार नै उनको शव रेलवे लाइनमा भेटिएको थियो । 

दिल्लीको प्रहरीका अनुसार उनीविरुद्ध आपराधिक मुद्दा चलिरहेको थियो । एलेनकी आमा लेसी पनि घरमा मृत भेटिएकी थिइन् । उनीविरुद्ध पनि आत्महत्या गर्न उक्साएको भन्दै मुद्दा चलिरहेको थियो । 

प्रहरी जाँचमा एलेनले पाँच दिन अघि नै आमालाई आत्महत्या गर्न बाध्य पारेका थिए । तर, उनकी आमाले आत्महत्या नगरेपछि उनको हत्या भएको थियो । त्यसपछि प्रहरीले एलेनको खोजी सुरु गरेको थियो । तर, उनको शव शनिबार सराय रोहिल्ला रेलवे स्टेसनमा भेटियो ।

यो घटना आएपछि दिल्ली विश्वविद्यालयमा तहल्का मच्चिएको छ । विद्यार्थीहरुले चाहिँ एलेन मिलनसार भएको बताएका छन् । उनले आइआइटीमा पिएचडी गरिरहेको पनि भारतीय मिडियाले जनाएका छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार १५:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया