भारतको महाराष्ट्र र हरियाणामा आज विधानसभाको मतदान, ठाउँठाउँमा हिंसात्मक झडप

नयाँ दिल्ली– भारतका दुई राज्य महाराष्ट्र र हरियाणामा विधानसभा (प्रदेश सभा) निर्वाचनअन्तर्गत आज मतदान भएको छ । महाराष्ट्रका २८८ र हरियाणाका ९० विधानसभा सिटका लागि मतदान भएको हो । दुवै राज्यको निर्वाचनको नतिजा २४ अक्टोबरमा आउने बताइएको छ । 

महाराष्ट्रमा २८८ सिटका लागि भएको निर्वाचनमा ३,२३७ प्रत्याशी छन् । ८ करोड ९८ लाख मतदाता छन् । हरियाणामा ९० सिटका लागि निर्वाचन हुँदा १,१६९ जना प्रत्याशी छन् । यहाँ १ करोड ८४ लाख मतदाता छन् । 

अहिले हरियाणामा भाजपाको एकलौटी सरकार छ भने महाराष्ट्रमा भाजपा–शिवसेना गठबन्धन सरकार छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा सर्वाधिक मतदानको रेकर्ड बनाउन मतदाताहरुलाई अपिल गरेका थिए । अपराह्न ५ बजेसम्म महाराष्ट्रमा ४५ प्रतिशत र हरियाणामा ५५ प्रतिशत मत खसेको भारतीय मिडियाले बताएका छन् । 

मतदानका दिन महाराष्ट्रको एक र हरियाणाका चार मतदान केन्द्रमा हिंसात्मक झडप भएको खबर छ । झडपमा केही नेता–कार्यकर्ता घाइते भएका छन् । 
आजै, उत्तर प्रदेश, विहार लगायत १८ राज्यका ६३ सिटमा उपचुनावका लागि मतदान भयो । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १८:१६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया