कर्पोरेट सुपर सिक्सर क्रिकेटको छैटौँ सिजन आगामी पुसमा हुने

काठमाडौं– माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन तथा एसएस इभेन्ट प्रालिको आयोजनामा कर्पोरेट सुपर सिक्सर क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी डिसेम्बर १८–२३ (पुस २–७ गते)सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सो प्रतियोगिता हुने भएको हो । 

मंगलबार पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट प्रालिका प्रमुख रमन शिवाकोटीले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै सो कुराको जानकारी गराएका हुन् । सम्झौतापछि सो प्रतियोगिताको नाम ‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सर टुर्नामेन्ट सिजन ६’ राखिनेछ ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत  सुमन शर्माले अहिलेको अवस्थामा खेलकुद सबैका लागि अनिवार्यजस्तै भएको बताए । यसमा कर्पोरेट क्षेत्र पनि अछुतो नरहेको भन्दै उनले कर्पोरेट सुपर सिक्सरको मुख्य प्रायोजक बन्न पाएकोमा खुसी लागेको बताए । माछापुच्छ्रे बैंकले खेलकुदको विकासमा सधैँ साथ दिने शर्माले बताए । 

सुपर सिक्सरको मुख्य प्रोजकको रूपमा माछापुच्छ्रे बैंकको साथ पाउँदा निकै खुसी लागेको एसएस इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले बताए । उनले अघिल्ला पाँचवटा सिजनभन्दा यो सिजनलाई अझै भव्य रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

यो प्रतियोगितामा नेपाल क्रिकेट संघको प्राविधिक सहयोग रहने शिवाकोटीले जानकारी गराए । प्रतियोगितामा २४ कर्पोरेट टिमको सहभागिता रहने उनले जानकारी दिए । 

प्रतियोगिता पाँच ओभरको हुनेछ । प्रतियोगितामा सहभागी हुने टिमले प्रवेश शुल्कबापत ७० हजार तिर्नुपर्नेछ भने प्रतियोगीका लागि ड्रेसको व्यवस्था आयोजकले गर्नेछ । प्रतियोगिताको कुल खर्च ४० लाख जति हुने शिवाकोटीले बताए ।



प्रतियोगिताको विजेता, उपविजेता, प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले बताएको छ । विजेताले के–कति धनराशि पुरस्कार पाउँछन् भन्नेबारे आगामी  पत्रकार सम्मेलनमा बताइने आयोजक एसएस इभेन्ट प्रालिका कार्यकारी अधिकृत रमन शिवाकोटीले जानकारी गराए ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १५:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया