बारुलाले चिल्दा ६ घाइते

गाेरखा— पालुङटार नगरपालिका–४ स्थित अल्का चिलाउने जंगलमा गोठाला गएका ६ स्थानीयलाई सिंगुस भनिने सानो बारुलाले चिल्दा घाइते भएका छन् ।

सोमबार सिंगुसले चिल्दा घाइते भएका मध्ये चार जना स्थानीय मेडिकलमा उपचार गरी घर फर्किएका र दुई जनालाई थप उपचारका लागि भरतपुरस्थित मेडिकल कलेज रेफर गरिएको डीएसपी मित्रबन्धु शर्माले बताए । ‘चराचुरुंगी वा कुनै वन्यजन्तुले जिस्काएपछि घटना भएको बुझेका छौँ,’ उनले भने ।

चितवन रेफर भएकाहरुको स्वास्थ्य अवस्था पनि सामान्य बनेको स्थानीयहरुले बताए । उनीहरुलाई घाँटी, हात र अनुहारमा चिलेको पनि स्थानीयले बताए ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार २२:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया