एजेन्सी– युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएका खेलमा सबै ठूला क्लब विजयी भएका छन ।
समूह ए मा पेरिस सेन्ट जर्मेनले क्लब ब्रुगलाई ५–० ले हरायो भने रियल म्याड्रिडले गालातासारेलाई १–० ले पराजित गर्यो । समूह बी मा बायर्न म्युनिखले ओलम्पियाकोजलाई ३–२ र टोटनहमले एफके क्रभेनालाई ५–० ले पन्छायो । समूह सी मा म्यानचेस्टर सिटीले एटलान्टमाथि ५–१ को जित निकाल्यो ।
त्यसै समूहमा साख्तर डोनेस्क र डायनामो जाग्रेभले भने २–२ को बराबरी खेले । यस्तै समूह डी मा एटलेटिको म्याड्रिडले बायर लेभरकुजनलाई १–० र युभेन्ट्सले लोकोमोटिभ मस्कोलाई २–१ ले किनारा लगायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।