महोत्तरीमा १३ वर्षीया बालिकामाथि ३६ वर्षेले गरे यौन दुव्र्यवहार

महोत्तरी– एक १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा महोत्तरी गाउँपालिकाका ३६ वर्षका रुदल यादव पक्राउ परेका छन् । उनीविरुद्ध ती बालिकाले प्रहरीमा उजुरी दिएकी छिन् । 

केही दिनअघि दाउरा लिन वन जाँदा आफूमाथि यौन दुव्र्यवहार भएको ती बालिकाले बताएकी छिन् । आफूलाई बाटोमा नै रोकेर रुदलले जथाभावी समातेको उनको आरोप छ । 

उनको उजुरी परेपछि प्रहरीले रुदललाई पक्राउ गरेको छ । त्यसपछि उनले ती बालिकाकी आमामाथि पनि आक्रमण गर्न खोजेका थिए । महोत्तरी प्रहरीका अनुसार अब आमामाथि आक्रमण प्रयासमा पनि मुद्दा परेको छ । रुदल र उनको परिवारले ती बालिकाकी आमामाथि आक्रमण गरेका थिए ।

ती बालिकाकी आमाको टाउकोमा चोटसमेत लागेको प्रहरीले जनाएको छ । पीडित बालिकाका अनुसार आमाको टाउकोमा २५ टाँका लगाउन परेको छ । 

प्रहरीले यो घटनामाथि गम्भीर भएर छानबिन सुरु गरेको जनाएको छ । प्रहरीले ती बालिकाकी आमामाथि भएको आक्रमणको पनि छानबिन हुने जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार २३:२१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया