फुटबलभन्दा इन्स्टाग्रामबाट बढी कमाउँछन् रोनाल्डो

एजेन्सी– विश्वमा सबैभन्दा धेरै कमाउने खेलाडीमध्ये एक हुन्, पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो । उनले फुटबलबाट मात्रै वार्षिक करोडौं कमाउँछन् । 

तर, तपाईंलाई विश्वास नलाग्न सक्छ, उनले फुटबलभन्दा पनि बढी कमाउने चाहिँ सामाजिक सन्जालबाट हो । सामाजिक सन्जाल इन्स्टाग्रामबाट मात्रै रोनाल्डोले वार्षिक जति कमाउँछन्, त्यति फुटबलबाट पनि कमाउँदैनन् । 

होपर एचक्यु नामको एउटा संस्थाले वज बिङ्गो नामको वेबसाइटमा प्रकाशित गरेको एउटा प्रतिवेदनअनुसार रोनाल्डोले इन्स्टाग्रामबाट प्रतिवर्ष ४७.८ मिलियन अमेरिकी डलर कमाउने गरेका छन् । यो उनले इन्स्टाग्राममा पोस्ट गर्ने विज्ञापनका स्टाटसबाट कमाउने गरेका हुन् । 

एउटा पोस्टको रोनाल्डोले १ मिलियन डलर लिने गरेको त्यो वेबसाइटले उल्लेख गरेको छ ।

अर्कोतिर, व्यवसायिक फुटबल खेलेर चाहिँ रोनाल्डोले अहिले वार्षिक ३४ मिलियन डलर कमाइरहेका छन् । रोनाल्डो अहिले युभेन्टसबाट खेल्छन् । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १०:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया