राजनीतिभित्रको अपराधीकरणको उजागर गर्ने अभियानको सुरुवात भयाे : पूर्वमन्त्री बस्नेत

भक्तपुर– सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको सुरुवात भएको बताएका छन् । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अभियानको सुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताए । 

उनले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ अगाडि बढाएको बताउँदै राजनीति विग्रदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको भनाइ राखे ।

आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने प्रदेशसभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै सांसद बस्नेतले नेकपाको सिद्धान्त र स्व. हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात् गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताए ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १४:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया