भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा

काठमाडौं– सरकारले भाइटीकाको भोलिपल्टका लागि सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १३ गते बिदा दिने निर्णय गरेकाे हाे ।  

नेवार समुदायको किजापूजाका लागि कात्तिक १३ गते बिदा निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिएका छन् । 

यसअघि सरकारले पञ्चांग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिएको थियो । नेवार समुदायले आफूहरुको भाइटीका (किजापूजा) कात्तिक १३ मा पर्ने भन्दै साे दिन बिदा दिन माग गरेका थिए ।

साेही मागअनुसार सरकारले बिदा घाेषणा गरेकाे हाे ।





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार १७:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया