काठमाडाैं– नेपाली सेना र अमेरिकी सेना प्यासिफिकीबीच बुधबार ल्यान्ड फोर्सेस टक कार्यक्रम सुरु भएको छ । एक वर्षअघि यो कार्यक्रम सञ्चालनमा थियो ।
काठमाडाैं– नेपाली सेना र अमेरिकी सेना प्यासिफिकीबीच बुधबार ल्यान्ड फोर्सेस टक कार्यक्रम सुरु भएको छ । एक वर्षअघि यो कार्यक्रम सञ्चालनमा थियो ।
कार्यक्रममा नेपाली सेनाका १९ र अमेरिकी सेनाका १६ जना अधिकृत सहभागी छन् । कार्यक्रमका लागि आर्मी प्यासिफिकका मेजर जनरल ड्यानियल एफ म्याकड्यानियलको नेतृत्वमा टोली सोमबार नेपाल आएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले मेजर जनरल ड्यानियललाई जंगी अड्डामा बुधबार भेटेको सैनिक जंगी अड्डाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।