हिन्दूहरूको महान् चाड तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार मनाइन्छ ।
पौराणिक कालमा यमराजले पाँच दिनसम्म आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ गएर टीका तथा माला ग्रहण गरेको हुनाले तिहारको पाँच दिनलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज यमदीपदान हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।
भाेलि चाहिँ कागको पूजा गरेर मनाइँदै छ । वैदिक मान्यताअनुसार कागलाई सन्देश बाहकका रूपमा लिइन्छ । कागलाई यमको दूतको रूपमा पनि लिइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।