डोल्पाको दुनैमा नेपाल लाइफको शाखा

डोल्पा– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका बीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाईंले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने बताए । देशव्यापी रुपमा जीवन बिमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पाजस्तै देशका अन्य दुर्गम क्षेत्रमा पनि सेवा पुर्याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे । 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बिमा व्यवसायको एकतिहाई बजार हिस्सा ओगट्न नेपाल लाइफ सफल भएको दाबी गर्दै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताए । नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए । 

यस कम्पनीको चुक्तापुँजी जीवन ५ अर्ब ५० करोड रुपैयाँ  छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बिमित भइसकेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ८, २०७६ शुक्रबार १६:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया