कामचोर ठेकेदारले जय नेपाल वा लालसलाम जे भने छुट दिनुहुन्न : गगन थापा

काठमाडौं – सांसद एवं नेपाली कांग्रेसका नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई राजनीतिक संरक्षण भएकोप्रति आपत्ति जनाएका छन् । त्यस्ता कामचोर ठेकेदारले जय नेपाल वा लालसलाम जे भने कारबाही गर्नुपर्ने बताएका छन् । 

गगन निर्वाचित काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कामचोर ठेकेदारलाई चिठ्ठी काटेर छिटो काम गर्न समयसीमा तोकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन् । 

अहिले आफ्नो क्षेत्रलगायत काठमाडौंमा खानेपानीको समस्या रहेकाले सबै मेलम्चीसँग जोडिन चाहेको, तर खानेपानीको काम गर्न ‘घरबेटी’ आएको भन्दै समयमा पानी आउनेमा आशंका व्यक्त गरे ।

प्रचण्डका घरबेटीतर्फ संकेत गर्दै थापाले भने, ‘जुन घरबेटीले हामीलाई सबैभन्दा दुःख दिएको छ, त्यही काम गर्न आएको छ ।’ आफूहरुले चिठ्ठी दिएर कपनको सडक नबनाईकन यहाँभित्र छिर्यो भने घरबेटीको घरमा छिर्ने चेतावनी दिएको उल्लेख गर्दै उनले यसमा जनताको साथ चाहिने बताए । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १४:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया