बलिउडमा हाउसफुल–४को बम्पर ओपनिङ

एजेन्सी– दीपावलीको अवसर पारेर शुक्रबार बलिउडमा तीनवटा चलचित्र हाउसफुल–४, मेड इन चाइना र साँड कि आँख रिलिज भएका छन् । 

त्यसमध्ये अक्षयकुमार अभिनीत फिल्म हाउसफुल–४ ले बम्पर ओपनिङ गरेको छ । जुन फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । 

फिल्मले रिलिजको पहिलो दिन नै लगभग २० करोड रुपैयाँको व्यापार गरेको छ । यो कमाइ हाउसफुल सिरिजको ओपनिङको कमाइमध्येको सबैभन्दा धेरै हो ।

फिल्ममा अक्षयकुमारका अलवा रितेश देसमुख, बबी देओल, कृति सेनन, कृति खरबन्दा, पूजा हेगडे, चंकी पाण्डे, जोनी लिबरलगायत कलाकारको अभिनय छ । सो फिल्म पुनर्जन्मको कहानीमा आधारित छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १५:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया