नेत्रविशेषज्ञ सुमन थापा आँखा र भाकाका संगम

काठमाडौं– नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’मा यसपालि नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए । शुक्रबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए । 

कार्यक्रममा थापाले प्रस्तुत गरेका कतिपय गीत आँखा र दृष्टिसँग सम्बन्धित थिए । आफ्नो पेसासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो, उनी आँखा र भाकाका संगम हुन् । 

कार्यक्रमको सुरुवातमा उनले आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत गरे भने दोस्रो चरणमा गाइएका सबै गीत नयाँ थिए । दोस्रो चरणका नौ गीत गीतकार तथा कवि श्रवण मुकारुङले सिर्जना गरेका थिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको धुन सिर्जना रहेको थियो ।  

प्राय अंग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए । तिलगंगा अस्पतालसँग सम्बन्धित डा. सुमन आफ्नो सांगीतिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासँग आबद्ध छन् ।

गीत सुनिसकेपछि गीतकार श्रवण मुकारुङले मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा श्रवणले भने, ‘यसपालिको हाम्रो यो सांगीतिक सहकार्यले मलाई नयाँ गीत लेख्न प्रेरित गर्‌यो । अहिले पलेँटीमा गीत सुनिसकेपछि लाग्यो, यो हाम्रो रचनात्मक कर्मको एउटा सुन्दर मोड पनि हो ।‘ 





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार १५:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया