काठमाडौं– आज लक्ष्मीपूजा । धनकी देवी मानिने लक्ष्मीलाई पूजा गरेर आज घर भित्र्याउँदा निकै राम्रो हुने सबैको विश्वास छ । तर, पूजा कसरी गर्ने त ?
आज बिहानै देखि नेपाली हिन्दू धर्मालम्बीहरु पूजाको विशेष तयारी गरिरहेका छन् ।
लक्ष्मीलाई घरमा भित्र्याउन घर वरपर सफा गरिँदै छ । आज साँझ पौने सात बजेदेखि लक्ष्मीपूजाका लागि विशेष साइत रहेको मानिन्छ ।
लक्ष्मीपूजाका लागि सबैभन्दा पहिले भगवान गणेशको ध्यान दिन जरुरी छ । गणेश भगवानलाई स्नान गराए, नयाँ वस्त्र तथा फूल अर्पण गरेपछि बल्ल लक्ष्मीपूजा सुरु हुन्छ ।
महालक्ष्मीको प्रतीमालाई पूजा स्थानमा पहिले नै राखेको हुनुपर्छ । यो मूर्ती वा प्रतिमामा महालक्ष्मीको आह्वान गर्नुहोस् । हात जोडेर शुद्ध मनले लक्ष्मी घर आउन् भन्ने प्राथना गर्नुपर्छ । त्यसपछि लक्ष्मीलाई स्नान गराउनु पर्छ । स्नान पहिले पन्चामृत र जलले फेरि स्नान गराउनु अझ राम्रो हुनेछ । लक्ष्मीलाई वस्त्र पनि अर्पण गर्नुपर्छ । त्यसपछि लक्ष्मीलाई ११ वा २१ वटा चामल अर्पण गर्नुहोस् । आरती गरेपछि एक पटक लक्ष्मी देवीकोे प्रतिमा राखेको ठाउँमा परिक्रमा लगाउनुहोस् ।
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥
पूजाका लागि आवश्यक सामग्रीस्
कलश, कुबेर, महालक्ष्मी तथा श्री गणेशको प्रतिमा, दक्षिणवर्ती शंख, कमलगट्टा, गोमतीचक्र अथवा सानो नरिवल, श्री लक्ष्मी पादुका, श्रीयंत्र वा पुस्तक पूजन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।