अस्पतालमा भर्ना भएकी आमा बचाउन शाहरुखले जे गरे

एजेन्सी– बलिउड अभिनेता शाहरुख खान २६ वर्षको हुँदा नै उनकी आमाको मृत्यु भएको थियो । उनका बाबुको त झन् उनी १५ वर्षको हुँदा नै मृत्यु भएको थियो । आफ्नो मातापितासँग कम समय बिताएकोमा शाहरुख खान निकै दुखी छन् ।

उनी केही दिनअघि डेभिड लेटरमेनको सोमा पुगेका थिए । त्यहाँ उनले आफ्नो व्यक्तिगत जीवनबारे कुरा गरे । त्यही क्रममा उनले आमासँग जोडिएको एक प्रसंगमा कुरा गरेका थिए । उनले आमा अस्पतालमा हुँदा आफू सधैं बेड साइडमा गएर कुराकानी गर्ने गरेको बताएका छन् । ‘मैले म आफ्नो काम रोक्दिनँ भनेको थिएँ । मैले आमालाई ठिक होला भन्ने आशमा आफूले मदिरा सेवन गर्न लागेको बताएको थिएँ,’ उनले भनेका थिए, ‘म चाहन्थेँ कि आमालाई आफ्नो छोरालाई सही बाटोमा ल्याउनु पर्ने छ त्यसैले अहिले नै म जानु हुँदैन ।’

यसमा आफ्नो एउटा सिद्धान्तले काम गरेको शाहरुखले बताए । ‘मलाई लाग्छ जो मान्छे सन्तुष्ट छ, उसलाई भगवानले माथि लैजानुहुन्छ, जसका केही काम अझै बाँकी छन्, उनीहरुको मृत्यु हुँदैन,’ शाहरुखले भने, ‘मलाई पनि राम्रो बनाउन आमाको काम बाँकी हुँदा उहाँको मृत्यु हुँदैन भन्ने लागेको थियो, तर त्यस्तो भएन ।’





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १३:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया