सरकार लोकतान्त्रिक अधिकारमा अकुंश लगाउँदै छ : देउवा
फाइल तस्वीर

काठमाडाैं– प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजेको आरोप लगाएका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको उल्लेख गरे । यस्ता गतिविधिलाई निस्तेज पार्न तयारी अवस्थामा रहन पार्टीका तरुण तथा विद्यार्थीहरुलाई उनले निर्देशन दिए । 

नेपाल तरुण दलले आइतबाार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएको उल्लेख गरे । यी जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउन पनि तरुण दललाई उनले सचेत गराए । 

सभापति देउवाले ६६ वर्ष अघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरी निरंकुशता लादेको स्मरण गराए । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार १७:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया