पाकिस्तानले मोदीलाई आफ्नो आकाश प्रयोग गर्न नदिने

एजेन्सी– साउदी अरबको यात्राका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आकाश प्रयोग गर्न चाहन्थे । तर, पाकिस्तानले उनको यो अनुरोधलाई अस्वीकार गरेको छ । पाकिस्तानी मिडियामा आइतबार आएको समाचारअनुसार भारतलाई पाकिस्तानले आफ्नो आकाश प्रयोगगर्न नदिने भएको हो । 

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जम्मुकश्मिरमा मोदीले देखाएको असहिष्णु बानी, मानवाधिकारको उल्लंघनका कारण भारतीय अनुरोध अस्वीकार गरिएको हो । 

मोदी सोमबार दुई दिने भ्रमणका लागि साउदी अरब जाँदै छन् । यसअघि पनि पाकिस्तानले मोदी र भारतका अन्य नेता तथा उडानहरुलाई आफ्नो आकाश प्रयोग गर्न दिएको थिएन । 





  • प्रकाशित मिति : कात्तिक १०, २०७६ आइतबार २०:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया