मिडियासँग किन भड्किए ऋषि कपुर ?

एजेन्सी– हिन्दूहरुको महान् चाडमध्येको एक दीपावलीको अहिले भारतमा पनि उस्तै उत्साह छ । तर, यही अवसरमा भारतीय अभिनेता ऋषिक कपुरको एउटा नकारात्मक भिडियो निकै चर्चामा आएको छ । यो भिडियोमा ऋषि कपुर पत्रकारहरुसँग भड्किएका छन् । 

शनिबार राति मुम्बईमा एकता कपुरको घरमा भएको पार्टीमा उनी यसरी पत्रकारसँग रिसाएका हुन् । खासमा पापाराजीहरुले उनको फोटो खिच्न लाग्द उनी रिसाएका हुन् । 

‘धेरै हल्ला नगर,’ ऋषिले भनेका छन्, ‘यहाँ मानिसहरु सुतेका छन् । हामीलाई पनि आफ्नो इजजत बढाउनु पर्ने छ । मानिसहरुलाई फिल्मवालाहरु कति रमिता गर्छन् भन्ने थाहा दिनु पर्छ भन्ने छैन ।’

एक वर्षसम्म न्युयोर्कमा क्यान्सरको उपचार गरेर ऋषि कपुर केहीअघि मात्र भारत फर्किएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७६ साेमबार ८:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया