बेलायतमा १२ डिसेम्बरमा आम निर्वाचन हुने

एजेन्सी– बेलायती सांसदले १२ डिसेम्बरमा आम निर्वाचन गर्ने पक्षमा मतदान गरेका छन् । योसँगै अब बेलायतमा १२ डिसेम्बरमा निर्वाचन हुने भएको छ । यही निर्वाचन नै बेलायत युरोपेली युनियनबाट छुट्टिने (ब्रेक्जिट)को कसी हुनेछ । 

मंगलबार बेलायती संसदमा भएको मतदानमा डिसेम्बरमा निर्वाचन गराउने पक्षमा ४३८ सांसद र नगर्ने पक्षमा २० सांसदले मतदान गरेका थिए । 

योसँगै बेलायतमा १२ डिसेम्बरमा निर्वाचन हुने भएको छ । १३ डिसेम्बरमा त यसको नतिजा नै आउनेछ । 

यो निर्वाचन पछिल्ला पाँच वर्षमा बेलायतमा गरिएको तेस्रो आम निर्वाचन हो । यतिमात्र होइन, यसअघि बेलायतमा सन् १९२३ मा मात्र डिसेम्बरमा निर्वाचन गरिएको थियो ।

अब १२ डिसेम्बरमा हुने निर्वाचनमा प्रधानमन्त्री बोरिस जोन्सनले बहुमत हासिल गरेमा उनले आफ्नै सर्तमा ब्रेक्जिट प्रक्रियालाई टुङ्ग्याउने छन् । तर, अर्को कुनै पार्टीले सरकार बनाउने भएमा ब्रेक्जिटको विषयमा फेरि जनमतसंग्रह हुनसक्ने छ । 

उता, युरोपेली युनियनले बेलायतलाई ब्रेक्जिटको समयसीमा थपेको छ । अब बेलायत ३१ जनवरीसम्ममा इयुबाट छुट्टिसक्नु पर्नेछ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार ८:४५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया