एजेन्सी– बलिउडमा आफ्नो विशेष पहिचान बनाएका छन्, अभिनेता नवाजुद्दीन सिद्दिकीले । उनको अभिनयको तारिफ चाहिँ धेरैले गर्दैनन्, अर्थात् ती दर्शकले मात्र गर्छन् जो फिल्ममा सिरियस कन्टेन्ट चाहन्छन् । अर्कोतिर, नवाजुद्दीन पनि पछिल्लो समय दर्शकहरुबाट खुसी छैनन् । त्यसैले उनले कतिसम्म भनेका छन् भने दर्शकहरु कहिल्यै सुध्रिँदैनन् ।
उनले पछिल्लो समय दर्शकलाई भल्गर र हास्य फिल्महरु हेर्ने सोख बढेको र यसले नै बानीको रुप लिएकाले कतिपयले आफ्नो फिल्म नहेरेको पनि बताएका छन् । उनले आफूले आफ्नो तरिकाको फिल्म गर्न चाहेको खण्डमा पनि दर्शकहरुको सोचका कारण आफूले आफ्नो हिसाबमा फिल्म गर्न नपाएको गुनासो पनि गरेका छन् ।
‘मसँग दर्शकप्रति धेरै गुनासो छन्,’ उनले भनेका छन्, ‘दर्शक कहिल्यै सुध्रिँदैनन्, उनीहरुलाई रोमान्स हेर्ने बानी परिसकेको छ । उनीहरुलाई फोटोग्राफ जस्तै फिल्म हेर्ने बानी नै छैन । आज टिकटकको जमानामा एक सुरले बसेर राम्रो फिल्ह हेर्न दर्शकले छोडिसकेका छन् ।’ उनले बलिउडले पनि दर्शकलाई जस्तो फिल्म चाहिन्छ, त्यस्तै दिइरहेको बताएका छन् ।
नवाजुद्दीनको फिल्म मोतीचुर चकनाचुर चाहिँ १५ नोभेम्बरमा रिलिज हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।