यु–१९ क्रिकेट कप्तानमा ऋत

काठमाडौं– नेपालका आशालाग्दा ओपनर हुन्, ऋत गौतम । तिनै ऋत गौतम कप्तान रहने गरि यु–१९ च्यालेन्जर सिरिज खेल्ने नेपाली टिमको घोषणा भएको छ । 

नेपाल क्रिकेट काउन्सिलले बुधबार गरेको टोलीको घोषणामा लोकेशबहादुर बम, त्रितराज दास, विशाल विक्रम केसी, खडकबहादुर बोहोर, हरिबहादुर चौहान, अरुण ऐरी, अभिषेक बस्नेत, कुशल मल्ल छन् । त्यस्तै टिममा विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी पनि छन् ।

दीपक बोहोरा, दुर्गेश गुप्ता, निखिलकुमार सिंह र सोनु देवकोटा चाहिा वैकल्पिक खेलाडीमा परेका छन् ।

१० नोभेम्बरबाट हैदराबादमा सुरु हुने प्रतियोगितामा भारतको निलो, रातो र पहेँलो गरी तीन टिम सहभागी हुनेछ भने नेपालको यू–१९ टिमले नेपाल ए नामबाट खेल्दै५ ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार १४:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया