महराको थुनछेक बहस आज
फाइल तस्वीर

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज सुरु हुँदै छ । उनी संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका थिए । 

आज उनी धरौटीमा वा तारेखमा छुट्ने वा पुर्पक्षका लागि थुनामा जाने भन्ने निक्र्योल हुनेछ । 

त्यसका लागि आज महरालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिँदै छ । 

संसद सचिवालयकी एक कर्मचारीले १२ असोजको राति कोठामा आएर महराले आफूमाथि दुव्र्यवहार गरेको उजुरी दिएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । पक्राउ परेपछि महरामाथि अनुसन्धान गर्न तीन पटक १३ दिन, पाँच दिन र सात दिन म्याद थपिएको थियो ।

यसबीच, महराले पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् । उनले बिरामी भएको भन्दै यसअघि बयान दिन पनि आनाकानी गरेका थिए । 

प्रहरीले आजै महराको फोरेन्सिक रिपोर्ट जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । अहिलेसम्म यस विषयमा प्रहरीले बाहिर केही जानकारी दिएको छैन ।






  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार ९:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया