जम्मु कश्मिरमा राष्ट्रपति शासन हट्यो

एजेन्सी– भारत प्रशासित जम्मु कश्मिर तथा लद्दाखलाई दुई केन्द्र शासित क्षेत्र बनाएपछि अविभाजित जम्मु कश्मिरमा लगाइएको राष्ट्रपति शासन बिहिबारबाट हटाइएको छ । 

जम्मु कश्मिर तथा लद्दाख दुई नयाँ केन्द्र शासित क्षेत्रका रुपमा आजदेखि अस्तित्वमा आउनेछन् । 

भारत सरकारले निकालेको आधिकारिक सूचनामा भनिएको छ, ‘संविधानको अनुच्छेद ३५६ को धारा २ बाट प्राप्त अधिकारलाई प्रयोग गर्दै रामनाथ कोविन्द, भारतीय राष्ट्रपति, द्वारा १९ डिसेम्बर २०१८ को जम्मु कश्मिर राज्यको सम्बन्धमा जारी गरिएको आफ्नो बयानलाई रद्द गर्दछु ।’

योभन्दा पहिले त्यहाँकी तत्कालीन मुख्यमन्त्री महबुबा मुफ्तीको राजीनामा पछि सन् २०१७ को जुनदेखि जम्मु कश्मिरमा राज्यपाल शासन लगाइएको थियो । त्यसको छ महिनापछि राष्ट्रपति शासन लगाइएको थियो । 

भारतीय संविधानको अनुच्छेद ३५६ को अनुसार जुन राज्यमा राष्ट्रपति शासन लगाइएको छ, केन्द्र शासित क्षेत्र त्यहाँ लागू हुँदैन ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार ९:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया