चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनाभित्र चार गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतिले चारवटा गैँडा मरेका छन् । भदौ ११ गतेदेखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चारवटा गैँडा मरेका हुन् ।

निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लोपटक कात्तिक ९ गते भरतपुर महानगरपालिका–२५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैँडा मरेको हो । बुढो भएर हिँडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैँडा मरेको उनले जानकारी दिए ।

यसअघि असोज २९ गते भरतपुर महानगरपालिका–२८ को बरदाहा सामुदायिक वनमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । त्यसअघि असोज ५ गते सौराहाको खोरसोरमा र भदौ ११ गते राप्ती नियन्त्रण सामुदायिक वनमा भाले गैँडा मृत अवस्थामा भेटिएको थियो । ती सबै गैँडा कालगतिले मरेका हुन् ।

गत वर्ष निकुञ्ज क्षेत्रमा कालगतिका कारण ४१ वटा गैँडा मरेका थिए । चोरी–सिकारीबाट गैँडा मर्न नपाए पनि पछिल्ला वर्ष कालगतिबाट धेरै गैँडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडाकाे मृत्युकाे कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ ।





  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार १५:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया