महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइने, सात वर्ष कैद हुन सक्ने

काठमाडौं– संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ । सरकारी वकिल कार्यालयले महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाउने निर्णय गरेको हो ।

सरकारी वकिल कार्यालयले महरा सार्वजनिक पदाधिकारी भएकाले उनीमाथि डेढी सजाय हुनुपर्ने माग गर्ने निर्णय पनि गरेको छ । प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो । 

महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसुरमा कैद तथा सजायको माग अनुसन्धान प्रतिवेदनमा गरिएको थियो । मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ ।

पीडित महिला १८ वर्ष वा सोभन्दा बढी उमेरकी भए पीडकलाई सात वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । जबर्जस्ती करणी उद्योग मात्र गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ । 

महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय माग दाबी गर्न सकिन्छ । महरा सार्वजनिक पदाधिकारी भएकाले डेढगुना सजाय थप हुन सक्छ । करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ। डेढी भएकाले साढे सात वर्षसम्म कैद हुन सक्छ ।






  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार १६:२१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया