एजेन्सी– गत वर्ष सुरु भएको मिटू अभियानले बलिउडमा पनि निकै धेरै सेलेब्रिटीहरुको वास्तविकता उजागर गरिदियो । आफूमाथि भएको यौन दुव्र्यवहारबारे त्यहाँ विभिन्न महिला कलाकारहरुले बताउन थालेपछि बलिउड निकै तरङ्गित भयो । यस्तो आरोप लागेको थियो, अनु मलिकविरुद्ध पनि ।
गयिका सोना महापात्राले सबैभन्दा पहिले अनु मलिकविरुद्ध आरोप लगाएकी थिइन् । अब सोनाको ट्विरमा अर्की गायिकाले पनि आफूविरुद्ध अनुले दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । यी गायिका हुन्, नेहा भासिन ।
नेहा भासिनले आफ्नो ट्विटरमा लेखेकी छिन्, ‘अनु मलिक एक प्रिडेटर हुन् । उनले मलाई मेसेज पनि गरेका थिए, कल पनि गरेका थिए । तर, मैले उनलाई बेवास्ता गर्न थालेकी थिएँ । उनले जे गरेका छन्, त्यो गर्नु हुँदैनथ्यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।