अनिल कपुरलाई मुख्यमन्त्री बनाउने भनेपछि उनले सम्झिए फिल्म नायक

एजेन्सी– अहिले भारतको महाराष्ट्रमा सरकार बनाउनका लागि भारतीय जनता पार्टी र शिवसेनाबीच खिचातानी सुरु भइसकेको छ । यहीबीच बलिउडका एक फ्यानले अनिल कपुरलाई सम्झिएका छन् । अनि उनले यो खिचातानीको हल अनिल कपुरलाई मुख्यमन्त्री बनाएर हुनसक्ने ट्विटरमा लेखेका छन् । 

उनले ट्विटरमा यो मात्र के लेखेका थिए, अनिल कपुरले पनि रमाइलो मान्दै त्यसको जवाफ दिएका छन् । उनले भनेका छन्– होइन, म नायक नै ठीक छु  । 

खासमा यो अनिल कपुरले आफ्नो पुरानो फिल्म सम्झिएका हुन् । सन् २००१ मा उनको फिल्म नायक आएको थियो । जसमा उनी एक दिनका लागि मुख्यमन्त्री बन्ने च्यालेन्ज एसेप्ट गर्छन् र मुख्यमन्त्री पनि बन्छन् । यो फिल्म सन् १९९९ मा आएको तमिल फिल्म मुधालवनको रिमेक थियो । 





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार ३:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया